नियम १७
विशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
(१) विशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) विशेष सरकारी वकील कार्यालयलाई अभियोजन गर्न अधिकार भएका फोजदारी मुद्दामा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्रा भएका मिसिलहरूमा अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चल्ने बा नचल्ने निर्णय र तत्सम्बन्धी कार्य गर्ने,

(ख) उच्च अदालत, पाटनको वाणिज्य इजलास, बिशेष अदालत, प्रशासकीय अदालत, वैदेशिक रोजगार न्यायाधिकरण, राजस्व न्यायाधिकरण, काठमाडौं र अन्य कुनै अड्डा अदालतमा सुनुवाई हुने नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट बहस पैरवी गर्ने,

(ग) उच्च अदालत, पाटनको वाणिज्य इजलास, विशेष अदालत, प्रशासकीय अदालत, वैदेशिक रोजगार न्यायाधिकरण, राजस्व न्यायाधिकरण, काठमाडौबाट भएका आदेश बा फैसला उपर निवेदन, पुनरावेदन गर्नुपर्ने भएमा मस्यौदा सहित महान्यायाधिवक्ताको कार्यालयमा पठाउने,

(घ) _ महान्यायाधिवक्ता कार्यालयले तोके बमोजिमका अन्य काम कारबाही गर्ने,

(ङ) प्रचलित कानून बमोजिम कार्यालय प्रमुखलाई भएका अधिकार बमोजिमको काम कारबाही गर्ने ।

(२) बिशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले यस नियमावली बमोजिम आफूमा निहित प्रशासकीय अधिकारमध्ये केही अधिकार आफू मातहतको अन्य कुनै सरकारी वकील बा अधिकृतले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।